Section 59A
सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न सकिने:
सरकारी विद्यालय, सरकारी स्वास्थ्य केन्द्र वा अस्पतालको वा सरकारी प्रयोजनको लागि जग्गा आवश्यक भई त्यस्तो स्थानमा सरकारी जग्गा नरहेको वा भए पनि प्रयोग गर्न उपयुक्त नरहेको कारण त्यस्तो स्थानमा रहेको सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपयुक्त र आवश्यक हुने देखिएमा नेपाल सरकारको स्वीकृति लिएर प्रयोग गर्न सकिनेछ।